| |

मामाङ्खेका स्थानीयलाई स्वास्थ्य सामग्री वितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ७ ।
ताप्लेजुङको सिरिजङ्घा–६ मामाङ्खेका स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । मामाङ्खे कोभिड–१९ रिलिफ फण्ड र मामाङ्खे सहायता समाजले स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
कोरोना भाइरस सङ्क्रमण तीब्र रुपमा फैलिँदै गएको अवस्थामा सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले स्थानीयलाई स्वास्थ्य सामग्री वितरण गरेको संस्थाहरुले जनाएका छन् । हाल अमेरिका, जापान, साउदी, कोरिया, मलेसिया, हङ्कङ कुवेत लगायतका देशमा रहनुभएका मामाङ्खेबासी तथा स्थानीय युवाहरुको सक्रियतामा स्वास्थ्य सामग्री जुटाएर वितरण गरिएको मामाङ्खे सहायता समाजका प्रतिनिधि कैलास लिम्बूले जानकारी दिनुभयो ।
मास्क, सेनिटाइजर, पीपीई, थर्मो गन, साबुन लगायतका स्वास्थ्य सामग्री स्थानीयलाई वितरण गर्नेगरी मामाङ्खेका वडाध्यक्ष सुखराज माबोलाई शुक्रबार हस्तान्तरण गरिएको जनाइएको छ । आफूहरुले उपलब्ध गराएको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमण रोकथाममा सहयोग पुग्ने विश्वास लिएको संस्थाले जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts