पालिकाका स्वास्थ्यकर्मीलाइ स्वतस्फुर्त खटिइदिन ताप्लेजुङ अस्पतालको आवहन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ ६ । ताप्लेजुङ जिल्ला अस्पतालले जिल्ला अस्पतालको कोभिड–१९ र कोभिड बाहेकका बिरामीको उपचारमा स्वतस्फुर्त खटिइदिन जिल्ला भरका सबै पालिकाका स्वास्थ्यकर्मीहरुलाइ आवहन गरेको छ । अस्पतालले जागिर नभइ घरमै बसीरहेका हेल्थ असिष्टेन्ट र अहेवहरुले यो बेला सेवा पु¥याउन चाहे ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामासंग सम्पर्क गर्न समेत भनेको छ । अस्पतालले जिल्ला अस्पतालको कोभिड–१९ र कोभिड बाहेकका बिरामीको उपचारमा स्वतस्फुर्त खटिनुपर्ने अवस्थामा कार्यरत रहेको पालिकासंग समन्वय गर्ने काम जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले गर्ने समेत बताएको छ । अस्पतालमा बिरामीको संख्या बढ्दै गएको तर जनशक्तिको अभाव कायम रहेको अवस्थामा यो अवस्था टार्न अस्पतालले आफ्नो आधिकारिक फेसबुकपेजमार्फत यस्तो अपिल गरेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts