| |

मेरिङ्देन गाउँपालिकाका थप नौ जनामा कोरोना संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ४ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा नौ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार मंगलबार आएको परीक्षण रिपोर्टमा नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
गाउँपालिकाबाट पछिल्लो पटक ५५ जनाको स्वाब संकलन गरी पठाएकोमध्ये ४८ जनाको रिपोर्ट आएको र नौ जनाबाहेक बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ । पोजेटिभ रिपोर्ट आउनेमध्ये आठ जना महिला र एकजना पुरुष हुनुहुन्छ । मंगलबार थप भएकासमेत मेरिङ्देन गाउँपालिकामा संक्रमितको संख्या २१ जना पुगेको स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts