ताप्लेजुङमा ३ एन्टीजेन सहितका १९ कोरोना संक्रमित थपिए
ताप्लेजुङ,३१ बैशाख । ताप्लेजुङमा ३ एन्टीजेन सहित थप १९ जना कोरोना संक्रमित थपिएका छन् । सिरिजङ्घा गाउँपालिकामा ११ र मैवाखोला गाउँपालिकामा ५ जना संक्रमित थपिएका हुन् । सिरिजङ्घा गाउँपालिकाले ३५ जनाको स्वाब संकलन गरी परीक्षणका लागि मेची प्रादेशिक अस्पताल झापामा पठाइएकोमा ११ जनाको रिर्पोट पोजटिभ आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । यस्तै मैवाखोला गाउँपालिकामा ५ जनाको रिर्पोट पोजेटिभ आएको छ । ३७ जनाको स्वाब संकलन गरी परीक्षणका लागि कोशी अस्पतालमा पठाइएकोमा ५ जनाको रिर्पोेट पोजेटिभ आएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । यस्तै ताप्लेजुङ अस्पतालमा शुक्रवार गरिएको परीक्षणमा ३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ३ जनाकै रिर्पोट पोजटिभ आएको जिल्ला अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर भरत खत्रीले जानकारी दिनुभयो ।