|

फुङ्लिङमा कोरोना सङ्क्रमणबाट वृद्धाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३१ ।
ताप्लेजुङमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ । कोभिड सङ्क्रमणले फुङ्लिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएको हो ।
वृद्धाको मृत्युपछि जिल्ला अस्पताल ताप्लेजुङमा नमुना परीक्षण गर्दा एन्टिजेन रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । वृद्धामा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर दाहसंस्कार गर्नेगरी आफन्तलाई पाँच थान पीपीई सेट दिएर पठाएको प्रजिअ पाण्डेले बताउनुभयो ।
यता परिवार स्रोतका अनुसार वृद्धामा केही दिन अघिदेखि कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । उहाँको काबेली घाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पनि परिवार स्रोतले जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts