|

देउवालाई नेपाल–रावलको आश्वासन ः ओली ढाल्न आवश्यक संख्या हामीसँग छ

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,बैशाख २९ । नेकपा एमालेको माधव नेपाल पक्षले सरकार गठनमा केपी ओलीलाई अल्पमतमा पार्न पुग्ने संख्यामा सांसदको राजीनामा गराउने आश्वासन कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको छ । मंगलवार साँझ ८ बजेदेखि ९ बजेसम्म देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा एमाले नेता माधव नेपाल र भीम रावलले देउवालाई वैकल्पिक सरकार गठनको प्रक्रियामा अघि बढ्न ढाडस दिनु भएको छ । वार्तामा सहभागी स्रोतका अनुसार देउवाले जसपाको महन्थ ठाकुर पक्ष कुनै हालतमा वैकल्पिक सरकारको पक्षमा नउभिने भएपछि आफू नचाहिने खेलमा नलाग्ने बताउनु भएको थियो ।
उहाँले एमालेबाट कम्तीमा १६ सांसदको राजीनामा हुनुपर्ने आशय व्यक्त गर्नु भएको छ । नेपाल र रावलले ओलीलाई सत्ताच्यूत गर्न जति सांसदको राजीनामा चाहिने हो आफूहरू त्यसका लागि तयार रहेको बताएको स्रोतले दिएको छ । त्यसअघि नेपाल पक्षको भर्चुअल स्थायी कमिटी बैठकमा नेताहरुबीच राजीनामाबारे कुरा मिलेको थिएन । नेताहरू घनश्याम भुसाल, योगेश भट्टराईलगायतले आफूहरु सत्ता समीकरणमा नभइ केपी ओलीलाई पार्टी एकताको लागि बाध्य पार्ने अभियानमा रहेको बताउनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts