ताप्लेजुङमा १७ जना कोरोना संक्रमित थपिए,थपिएका मेरिङ्देन र आठराइ त्रिबेणीका

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२८ बैशाख । ताप्लेजुङमा १७ जना कोरोना संक्रमित थपिएका छन् । आठराइ त्रिबेणी गाउँपालिकाबाट पठाइएको ४८ जनाको स्वाब परीक्षण रिर्पोटमा ५ जना संक्रमित थपिएका हुन् । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार मेरिङ्देन गाउँपालिकाबाट पठाइएको ५५ जनाको स्वाब परीक्षण रिर्पोटमा १२ जना संक्रमित थपिएका हुन् । फुङ्लिङ नगरपालिकाबाट पठाइएको १ सय ३५ र पाथीभरा याङ्वरकको २० जनाको परीक्षण रिर्पोट प्राप्त हुन बाँकी रहेको प्रजिअ पाण्डेले बताउनुभयो । ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार यो सहित ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या १ सय ६० पुगेको छ । मंगलवार मात्र ८ जना एन्टीजेन परीक्षणमा पोजेटभ भेटिएका थिए । १२ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ८ जनाको रिर्पोट पोजेटिभ आएको ताप्लेजुङ जिल्ला अस्पतालका कोभिड–१९ फोकल पर्सन डाक्टर भरत खत्रीले जानकारी दिनुभयो । अहिले अस्पतालमा फिबर क्लिनिकमा २३ जना तथा आइसोलेसनमा नयाँ भर्ना ३ जना र उपचारारत ५ जना रहेको समेत अस्पतालले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts