यी हुन् संवैधानिक निकायमा नियुक्ति सिफारिस पदाधिकारी (सूचीसहित)

काठमाडौ,बैशाख २७ । संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा रिक्त रहेका सबै पदपूर्ति गरेको छ । परिषदको आइतबार बसेको बैठकले लोकसेवा आयोगमा सबै पदाधिकारी नियुक्ति सिफारिस गरेको छ । अन्य खाली रहेका आयोगमा नयाँ पदाधिकारी सिफारिस गरेको हो ।

नियुक्ति सिफारिस यस प्रकार छन्ः

लोक सेवा आयोग

अध्यक्ष ः माधवप्रसाद रेग्मी, झापा

सदस्य ः माधव बेलबासे, कपिलवस्तु

वीरबहादुर राई, इलाम

दिनेश सिलवाल, ललितपुर

मन्जु कुमारी, महोत्तरी

अख्तियार दुरुपयोग अनसन्धान आयोग

आयुक्त ः डा. हरी पौडेल, बागलुङ
आयुक्त ः सुमित्रा अमात्य, ललितपुर

निर्वाचन आयोग

आयुक्तः सगुन शमसेर जबरा, रुपन्देही

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

सदस्य ः विपिनराज निरौला, पाँचथर

सुधा कुमारी झा धनुषा

महिला आयोग

सदस्य ः जया घिमिरे, धनुषा

सदस्य ः सावित्राकुमारी शर्मा, पर्वत

दलित आयोग

सदस्य ः सुन्दर पुर्कुटी, काठमाडौं

राष्ट्रिय समावेशी आयोग

अध्यक्ष ः डा.रामकृष्ण तिमिल्सिना, कास्की

सदस्य ः पुष्पराज तिमिल्सिना,पर्वत

सदस्य ः मानप्रसाद खत्री, बझाङ

आदिवासी जनजाति आयोग

सदस्य ः सूर्यबहादुर गुरुङ, खोटाङ

मधेशी आयोग

सदस्य ः आभा कुमारी, सप्तरी

थारु आयोग

सदस्य ः डा.उमाशंकर चौधरी, नवलपरासीपश्चिम

मुस्लिम आयोग

सदस्य ः मोहम्मद समसुल हक, सर्लाही

Similar Posts