ताप्लेजुङमा थपिए ३२ नयाँ कोरोना संक्रमित

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२६ बैशाख । ताप्लेजुङमा ३२ जना कोरोना संक्रमित थपिएका छन् । १ सय २ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा ३२ जनाको रिपोर्ट पोजेटिभ आएको जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिनुभयो । ४४ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएकोमा बाँकी १२ जना भने यसअघि संक्रमित भइ स्वास्थ्य लाभ गरिरहेका बिरामी थिए । यसअघि संक्रमित १२ जनाको रिपोर्ट पुन पोजेटिभ आएको जनस्वास्थ्य अधिकृत खरेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts