| |

फुङ्लिङ नगरपालिकाले वडागत रुपमा सम्पर्क गर्न तोक्यो फोकल पर्सन,भोली बिहान बालमन्दिरमा स्वाब संकलन गरिने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२५ बैशाख । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले कोरोना रोग रोकथाम तथा न्यूनीकरणका लागि वडागत रुपमा सम्पर्क गर्न स्वास्थ्यकर्मी तोकेको छ । कोभिड–१९ को दोस्रो लहरको बढ्दो संक्रमण जोखिमको प्रभावकारी नियन्त्रण गर्न कोहिकसैलाइ कोभिड–१९ संग मिल्दोजुल्दो लक्षण देखिए सम्पर्क गर्न नगरपालिकाले वडागत रुपमा सम्पर्क गर्न स्वास्थ्यकर्मी तोकेको प्रमुख प्रशासकीय अधिकृत बद्रीकुमार कार्कीले जानकारी दिनुभयो ।

वडागत रुपमा तोकिएका सम्पर्क व्यक्तिले सम्वन्धित वडाध्यक्षसंग समन्वय गरी स्वास्थ्य शाखा प्रमुख मञ्जु गुरुङ वा जनस्वास्थ्य निरीक्षक मौसम खवास वा प्रशासन शाखाका भोलानाथ सिग्देल वा नगरपालिकाका कर्मचारी बसन्त सुनुवार संग सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

यसैबीच नगरपालिकाले २६ बैशाख २०७८ बिहान ८ः०० बजे देखि बालमन्दिर आधारभूत बिद्यालय फुङ्लिङ नगरपालिका वडा नं ४ मा शंकास्पद वा कोभिड–१९ को संक्रमण मिल्दोजुल्दो लक्षण देखिएकाहरुको स्वाब संकलन गरिने भएको छ । स्वाब संकलन गर्नुपर्ने शंकास्पद वा कोभिड–१९ को संक्रमण मिल्दोजुल्दो लक्षण देखिएकाहरुले नगरप्रमुख छत्रपति प्याकुरेल मोवाइल नम्बर ९८५२६६०५८४,उपप्रमुख बमबहादुर भट्टराई ९८८४२६९११५१ वा स्वास्थ्य संयोजक मञ्जु गुरुङ मोवाइल नम्बर ९८४४६८२२२९ मा सम्पर्क गर्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts