|

फुङ्लिङमा कोरोना बढेपछि सिरिजङ्घा र सिदिङ्वाले गरे बैशाख मसान्त सम्म सेवा स्थगन

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,बैशाख २४ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका क्षेत्रमा दिन प्रतिदिन कोरोना संक्रमित थपिन थालेपछि यसको प्रभाव आफ्नो पालिका सम्म पुग्न नदिन सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकाले बैशाख मसान्त सम्मलाइ अत्यावश्यक बाहेकका सेवा रोकेका छन् । दुबै पालिकाहरुले सार्वजनिक सूचना आवहन गर्दै सेवा बैशाख मसान्त सम्म सेवा स्थगनको निर्णय लिएका हुन् । सिरिजङ्घा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले ‘आफु बचौं र अरुलाइ पनि बचाऔं’भन्ने नारा सहित अत्यावश्यक बाहेकका सबै सेवा बैशाख मसान्त सम्म स्थगित गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स र स्वास्थ्य सेवा,प्राकृतिक एवम् गैर प्राकृतिक बिपद् सेवा,अत्यावश्यक सिफारिस र अत्यावश्यक हो भनी ठह¥याएका अन्य कार्यहरु बाहेक अरु सबै सेवा स्थगित गरिएको छ ।

घिमिरेले अनुसार बैशाख मसान्त सम्म गाउँ कार्यपालिकाको कार्यालय,मातहतका सबै ८ वटै कार्यालय र नेपाल बैंक लिमिटेड सिरिजङ्घा शाखा तेल्लोकबाट नियमित रुपमा प्रवाह हुँदै आइरहेको अत्यावश्यक बाहेकका अन्य सेवाहरु स्थगित गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख मसान्त सम्म गाउँपालिका क्षेत्र बाहिरबाट गाउँपालिका क्षेत्रभित्र आउने सम्पूर्ण यात्रुबाहक सवारी साधनको आवागमन समेत रोकिएको छ । यस्तै सिदिङ्वा गाउँपालिकाले समेत अर्को व्यवस्था नभइञ्जेल सम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरिएको जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूका अनुसार अति आवश्यक प्रकृतिका नगरी नहुने काम बाहेक साधारण प्रकृतिका सेवाहरु अर्को सूचना जारी नभइञ्जेल सम्मका लागि स्थगित गरिएको छ ।

अति आवश्यक कामको हकमा समेत गाउँपालिकासंग आवश्यक समन्वय गरेर सम्वधित व्यक्ति मात्र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर मात्र सेवाका लागि उपस्थित हुन सकिने समेत प्रमुख प्रशासकी अधिकृत लिङ्देनले जानकारी दिनुभयो । सिदिङ्वा गाउँपालिकाले यो संक्रमणको अवस्थामा अत्यावश्यक सेवा लिनका लागि पालिकाका कर्मचारी रुद्रप्रसाद बेघा लिम्बूलाइ मोवाइल नम्बर ९८५२६८१३९७ मा सम्पर्क गर्न समेत आग्रह गरेको छ । फुङ्लिङ बजार भित्र सातादिनको अवधिमा सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts