| |

नेपालमा मंगलबार एकैदिन ५५ जना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख २१ । नेपालमा मंगलबार एकैदिन ५५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उक्त संख्यामा सङ्क्रमितको मृत्युको पुष्टि गरेको छ । यस्तै कोरोना भाइरसका सात हजार ५८७ नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १६ हजार १३१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा सात हजार ५८७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड १९ बाट सङ्क्रमित हुने तीन लाख ५१ ह्जार पाँच जना पुगेको उल्लेख गरेको छ । हालसम्म २५ लाख ३७ हजार २९५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हाल ५९ हजार ७९८ जनामा भाइरसको सङ्क्रमण सक्रिय अवस्थामा छ ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा एक हजार ७७५ जना सङ्क्रमित कोरोनामुक्त भएको जनाएको छ । हालसम्म दुई लाख ८७ हजार ७९० जना कोरोनामुक्त भएका हुन् । हाल २५३ जना क्वारेन्टिनमा छन् । यता नेपालमा हालसम्म कोरोनाबाट कुल तीन हजार ४१७ जनाको मृत्यु भएको छ । चौबीस घण्टामा ५५ जनाको मृत्यु भएको उक्ता मृतकको संख्या अहिलेसम्मकै उच्च हो ।

Similar Posts