| |

कोरोना कहर ः सिरिजङ्घाले ग¥यो वडागत रुपमा प्रवाह हुने सेवाका लागि दिन निर्धारण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२१ बैशाख । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले वडागत रुपमा प्रवाह हुने सेवाका लागि आलोपालो प्रणाली लागु गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि उसले पालिका भरीका ८ वटा वडामा प्रवाह हुने सेवाका लागि दिन निर्धारण गरेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार अब वडा नं १ सिनामबाट प्रत्येक बिहीबार,वडा नं २ आम्बेगुदिनबाट प्रत्येक बुधवार,वडा नं ३ सिकैचाबाट प्रत्येक मंगलवार र वडा नं ४ तेल्लोकबाट प्रत्येक शुक्रवार सेवा प्रदान हुने छ । यस्तै वडा नं ५ पेदाङ र वडा नं ६ मामाङ्खेबाट प्रत्येक सोमवार र वडा नं ७ खेवाङ र वडा नं ८ याम्फुदिनबाट प्रत्येक आइतवार सेवा प्रदान हुने गरी व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सामाजिक सुरक्षा भत्ता लगायतका बैंकिङ सेवाहरु समेत नेपाल बैंक लिमिटेड तेल्लोक शाखाबाट माथि उल्लेखित वडाहरुले बितरण गर्ने सेवा दिनकै आधारमा हुने गरी तय गरिएको छ । कार्यालयमा हुने सेवाग्राहीको चापलाइ मध्यनजर गर्दै अर्को व्यवस्था नभइञ्जेल सम्मका लागि यो निर्णयमा पुगिएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts