|

आज मध्य-रातिदेखि आन्तरिक उडान बन्द, २२ गतेदेखि अन्तर्राष्ट्रिय पनि बन्द हुने

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, बैशाख २० । कोरोना महामारी नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भनेर चौतर्फी आलोचना बढ्दै गएपछि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय सबै उडानहरु बन्द गर्ने भएको छ । आइतबार साँझको मन्त्रिपरिषद् बैठकले सोमबार आज राति १२ बजेदेखि सबै आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।
यसैगरी सरकारले वैशाख २२ गते रातिदेखि भारतलगायत सबै देशसँगको अन्तर्राष्ट्रिय उडान पनि रोक्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणकोे भयावह अवस्थालाई मध्यनजर गर्दै यसखाले निर्णय गरिएको परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले जानकारी दिनुभयो । कोरोना संक्रमण दर नियन्त्रणभन्दा बाहिर जान थालेपछि यसअघि नै कोभिड संक्रमण रोकथाम निर्देशक समितिले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts