| |

पूर्वमन्त्री भट्टराईद्वारा सङ्क्रमण नियन्त्रणमा सहयोग गर्न माग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १९ ।
पूर्वमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङमा तीब्र रुपमा बढ्दै गएको कोभिड–१९ को सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी सरकारसमक्ष सहयोगको माग गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई आइतबार भेट गर्नुहुँदै भट्टराईले सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग गर्न माग गर्नुभएको हो ।
पछिल्लो समय ताप्लेजुङमा सङ्क्रमण दर तीब्र रुपमा बढ्दै गएको र हालसम्म तीन जनाको सङ्क्रमणकै कारण मृत्युसमेत भएको अवस्थाबारे मन्त्री त्रिपाठीलाई अवगत गराउँदै पूर्वमन्त्री भट्टराईले जिल्लाका लागि सहयोन गर्न अनुरोध गर्नुभयो । मन्त्री त्रिपाठीलाई लिखित मागपत्र बुझाउँदै भट्टराईले जिल्लामै पीसीआर परीक्षण गर्ने व्यवस्थाका लागि पीसीआर मेशिन र आवश्यक जनशक्ति व्यवस्थापन गर्न माग गर्नुभएको छ ।
यस्तै कम्तिमा अक्सिजन सुविधासहित एक सय बेडको आइसोलेसन केन्द्र निर्माण र अत्यावश्यक कामका लागि जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई तत्काल दुई करोड रुपियाँ निकासा गर्नुपर्ने माग गरिएको छ । थप जनशक्ति र अक्सिजन आपूर्तिको व्यवस्था मिलाउन पनि उहाँले सरकारसँग माग गर्नुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts