| |

पदीय मर्यादा र पालिकाको सर्वाङ्गिण विकासमा काम गरेको भन्दै सिरिङ्घाद्धारा प्रहरी निरीक्षकलाइ सम्मान

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१९ बैशाख । पदीय मर्यादा अनुसारको भूमिका र गाउँपालिकाको सर्वाङ्गिण विकासमा अतुलनीय योगदान दिएको भन्दै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिको प्रहरी निरीक्षक अर्जुनकुमार पोखरेललाइ सम्मान गरेको छ । इलाका प्रहरी कार्यालय तेल्लोकका प्रहरी प्रमुख पोखरेललाइ कार्यकालभर पदीय मर्यादा अनुसारको भूमिका र गाउँपालिकाको सर्वाङ्गिण विकासको आधारशिला तयारीमा आफुमा रहेको ज्ञान,सीप र अनुभवको भरमग्दुर प्रयोग गरेको भन्दै सिरिजङ्घा गाउँपालिकाले सम्मान गरेको हो ।

सिरिजङ्घा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार पोखरेलले शान्ति सुरक्षा,बिपद् व्यवस्थापन र कानुनी शासनको पालनामा कार्यकालभर रचनात्मक कार्य सम्पादन गर्नु भएको ।‘कार्यकालभर राम्रो काम गर्नेलाइ सम्मान गर्दै उनीहरुको आगामी कार्यकाल समेत रचनात्मक बनाउने अभिप्रायले यस्तो अभियानको थालनी गरिएको हो’घिमिरेले भन्नुभयो । उहाँका अनुसार प्रहरी निरीक्षक पोखरेलले कहिल्यै पनि पदीय मर्यादालाइ भूल्नु भएन भने शान्ति सम्झौतामा सम्झौता गर्ने उहाँको बानी रहेन ।

दबाब र प्रभावमा नपर्ने,जनताको जीउधनको सुरक्षालाइ प्रमुख प्राथमिकतामा राख्ने र विभागीय जिम्मेवारीलाइ सहज रुपले पूरा गर्ने पोखरेलका बिशेषताका कारण उहाँ पालिकाको बिशेष सम्मानमा परेको गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले बताउनुभयो । पोखरेल २४ पुस २०७६ मा इप्रका तेल्लोक आएका थिए । पोखरेल तेल्लोकबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय मोरङ जाँदै हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts