| |

यु-एन्टोद्वारा पूर्व पदाधिकारीलाई अभिनन्दन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ११ ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन (युएन्टो) ताप्लेजुङले संस्थाका पूर्व पदाधिकारीहरुलाई सम्मान गरेको छ । सातौं जिल्ला परिषद भेलाको अवसरमा सङ्गठनले पूर्व पदाधिकारीहरुलाई शनिबार अभिनन्दन गरेको हो ।
सङ्गठनका जिल्ला अध्यक्ष मदनकृष्ण दाहालका अनुसार युएन्टोका संस्थापक संयोजक खेलप्रसदा बुढाक्षेत्री, प्रथम जिल्ला अध्यक्ष खड्गदास थाङ्देन, द्वितीय र तृतीय कार्यकालका अध्यक्ष नेत्रप्रसाद पौडेल, चौंथो कार्यकालका अध्यक्ष मेदनीप्रसाद न्यौपानेलाई अभिनन्दन गरिएको छ । यस्तै सङ्गठनको पाँचौं र छैटौं जिल्ला कार्यसमितिका अध्यक्ष सुरेन्द्रराज पालुङ्वा, नेपाल शिक्षक महासङ्घका पूर्व जिल्ला सह–अध्यक्ष श्रीकुमार माबो र सङ्गठनका पूर्व केन्द्रीय महासचिव लक्ष्मीप्रसाद अन्छङ्बोलाई पनि अभिनन्दन गरिएको दाहालले जानकारी दिनुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनलाई अहिलेको अवस्थासम्म ल्याउनलाई अथक प्रयास र योगदान पुर्याएको मूल्याङ्कन गर्दै पूर्व पदाधिकारीहरुलाई अभिनन्दन गरिएको जिल्ला अध्यक्ष दाहालले बताउनुभयो । यता सदरमुकाम फुङ्लिङमा सम्पन्न परिषद भेलाले शैक्षिक सुधारका निम्ति गरिँदै आएका योजनाहरुको कार्यान्वयनमा जोड दिने निर्णय गरेको सङ्गठनले जनाएको छ ।
भेलाको उद्घाटनमा नेकपा माओवादी केन्द्रका ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री, जिल्ला संयोजक विजय किराँत, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष शरदराज निरौला, नेपाल शिक्षक सङ्घका जिल्ला अध्यक्ष युवराज बस्नेत, फुङ्लिङ नगरपालिकाका उपमेयर बमबहादुर भट्टराई लगायतले शुभकामना दिनुभएको सङ्गठनकी जिल्ला उपाध्यक्ष खिनुमाया इजमले जानकारी दिनुभयो । भेलामा सङ्गठनका युएन्टो पालिकास्तरीय कार्यसमितिका पदाधिकारीहरुसमेतको सहभागिता रहेको भेलामा अध्यक्ष दाहालले सांगठनिक र अर्थसचिव दुर्गाप्रसाद पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts