|

धरहराको उद्घाटन आज, अवलोकन भने मंसिरपछि मात्रै

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
काठमाडौं, बैशाख ११ ।
नवनिर्मित धरहराको शनिबार आज उद्घाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गर्दैछन । काठमाडौंको सुन्धारामा निर्माण सम्पन्न भएको २२ तले धरहरा आज लोकतन्त्र दिवसको अवसर पारेर प्रधानमन्त्री ओलीले उद्घाटन गर्न लागेका हुन । धरहराको उदटन गरिए पनि तत्काल सार्वजनिक अवलोकनका लागि भने खुल्ला गरिने छैन । सार्वजनिक अवलोकन भने मंसिरपछि मात्र खुल्ला गरिने भएको छ ।
मंसिरसम्म निर्माण लगायत सबै काम सम्पन्न भएपछि मात्रै सार्वजनिक अवलोकनका लागि धरहरा खुला गर्ने योजना रहेको पुनर्निर्माण प्राधिकरणका विज्ञ इञ्जिनियर राजुमान मानन्धरले जानकारी दिए । मानन्धरका अनुसार धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण गर्न लागिएको छ । भत्किएको धरहरा यथावत् राखेर नजिकै बनाइएको अर्को धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि जमिनमाथिको भुइँ तल्लासहित २२ तलाको रहेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत तीन अर्ब ४८ करोड रुपैयाँ रहेको छ । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत तीन अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।
जमिन माथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर रहेको छ । भूमिगत तलासहितको उचाई ९२.२५ मिटर रहेको छ । धरहराभित्र दुईवटा लिफ्ट राखिएका छन । लिफ्टमा एक पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकाहरुलाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङसमेत जडान गरिएको छ ।
धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औं तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौं तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको दुईतले भूमिगत संरचनामा दुईवटा ‘विद्युतीय स्वचालित भर्याङ’ बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको जनाइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts