| |

काँग्रेस सभापति गुरुङको निधनपछि संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १० ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ कोठेबारी निवासी शिवकुमार गुरुङको मृत्युपछि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । नेपाली काँग्रेस फुङ्लिङ नगर कार्यसमिति सभापतिसमेत रहनुभएका गुरुङको निधनपछि सङ्क्रमण पुष्टि भएको हो ।
निमोनियाको समस्या देखिएपछि झापाको बिर्तामोडस्थित बीएनसी अस्पतालमा उपचाररत रहनुभएका ५२ वर्षीय गुरुङको उपचारकै क्रममा शुक्रबार निधन भएको हो । गुरुङको मृत्युपछि पीसीआर परीक्षण गर्दा नतिजा पोजेटिभ आएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । झापामै अन्त्यष्टि गर्नेगरी समन्वय भएको भए पनि परिवारको जोडको कारण गुरुङको शवलाई ताप्लेजुङ नै ल्याउने भएको छ । स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर शव ल्याइने र नेपाली सेनाको सहयोगमा अन्त्येष्टि हुने प्रजिअ पाण्डेले बताउनुभयो ।
पारिवारिक स्रोतका अनुसार एकसाता अघिमात्र गुरुङ झापा लगायतका ठाउँमा घुमफिर गरेर घर फर्कनुभएको थियो । घर फर्किएपछि उहाँलाई निमनियाको समस्या देखिएको र जिल्लामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीएनसी अस्पताल लगिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts