| |

बैशाख मसान्त सम्मलाई पाथीभरा दर्शनमा रोक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १० ।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा रोक लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै बढ्दो कोरोना भाइरसको प्रभावलाई दृष्टिगत गरी आगामी बैशाख मसान्त सम्मका लागि पाथीभरा दर्शनमा रोक लगाएको हो ।
विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण नेपालमा समेत बढ्दै गएको अवस्थमा सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा सघाउ पु¥याउनका लागि पाथीभरा देवीको दर्शनमा रोक लगाउने निर्णय लिएको विज्ञप्तिमा जनाइएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेद्वारा जारी विज्ञप्तिमा आगामी बैशाख मसान्तसम्म दैनिक नित्य पूजा, ध्यान र प्रार्थना मात्र हुने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सरकारले मन्दितर, गुम्बा, चर्च लगायत धार्मिक स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ताप्लेजुङको निर्णयअनुसार पनि प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शनमा रोक लगाइएको उल्लेख छ । विज्ञप्तिअनुसार यस अवधिमा पाथीभरा दर्शन तथा तीर्थयात्राको तयारीमा रहेका भक्तजनलाई सो योजना पछि सार्न आग्रह गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “भक्तजनहरुलाई पर्न गएको असुविधाप्रति पाथीभरा क्षेत्र विकास समिति दुःख व्यक्त गर्दछ ।”

अरुलाई पनि शेयर गरौ !

Similar Posts