फक्ताङलुङको सिंवामा सनराइजको शाखारहित सेवा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ३ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ३ सिंवामा सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७४ पुगेको छ ।
बैंकले शाखारहित बैंकिङ सेवाको व्यवसाय प्रतिनिधिका रुपमा पदमबहादुर बुढाथोकीलाई नियुक्त गरेको छ । शाखारहित बैंकिङ सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिने तथा निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ ।
हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, ७४ वटा शाखारहित बैंकिङ सेवा, १२ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएममार्फत आफ्ना सात लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts