नेकपा प्रचण्ड–माधव पक्षले ताप्लेजुङबाट प्रधानमन्त्रीलाइ पठायो नेपालको मौजुदा संबिधान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २४ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–माधव पक्षले शुक्रवार ताप्लेजुङ प्रशासन कार्यालयमार्फत नेपालको संबिधान २०७२ को भाग ७ धारा ७६ का बिभिन्न बुँदामा उल्लेखित प्रावधान अध्ययनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाइ पठाएको छ । जिल्ला अध्यक्ष बिजयप्रकाश वनेमले नेपालको संबिधान २०७२ को भाग ७ धारा ७६ को १,२,३,४,५,६ र ७ सम्मका बुँदा अध्यनका लागि प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइमार्फत प्रधानमन्त्री ओलीलाइ पठाउनु भएको छ । ति बुदाँहरुले प्रतिनिधिसभा बिगठन संबैधानिक व्यवस्था बिपरित हुने स्वतःदेखिने भएकोले प्रधानमन्त्री ओलीलाइ संबैधानिक व्यवस्था बुझाउन नेपालको संबिधान २०७२ को भाग ७ धारा ७६ का बिभिन्न बुँदामा उल्लेखित प्रावधान पठाइएको अध्यक्ष वनेमले बताए । अध्यक्ष वनेमका साथ सचिव तथा प्रदेशसभाका सांसद बलबहादुर साम्सोहाङ,प्रदेश कमिटीका सदस्यहरु,जिल्ला पार्टी कार्यालयका सदस्यहरु तथा सचिवालय तथा जिल्ला कमिटीका नेताहरुको सहभागिता रहेको अध्यक्ष वनेमले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts