देशव्यापी अन्तरवडा टेबलटेनिस हुने

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,पुस २२ । स्पिन इभेन्ट्स प्रालिको आयोजनामा चैत पहिलो साता ‘देशव्यापी अन्तरवडा टेबलटेनिस प्रतियोगिता’ हुने भएको छ । प्रतियोगिता अखिल नेपाल टेबलटेनिस संघको तत्त्वावधानमा वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो । लैनचौरस्थिति राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने प्रतियोगिता चैत २ देखि ७ सम्म हुनेछ । प्रतियोगिता सरकारले लागू गरेको नागरिक स्वास्थ्य मापदण्डमा रहेर आयोजना हुनेछ । लामो समयदेखि कोभिड–१९ महामारीले खेलकुद गतिविधि बन्द रहेको स्थितिमा खेलाडीको मनोबल उच्च बनाउने उद्देश्यले प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल्स, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल (४० वर्षमाथि) र मेन्स भेट्रान सिंगल (५५ वर्षमाथि) गरेर ६ स्पर्धा समावेश गरिएको छ । देशभरका वडाका खेलाडीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ रहेको छ । सिंगल स्पर्धाका शीर्ष तीन खेलाडीले नगद पुरस्कार पाउनेछन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts