|

ताप्लेजुङमा घन्कियो ‘यो सरकारको पाराले,दुःख पाए साराले’

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १३ । प्रतिनिधिसभा बिगठनको बिरोधमा नेपाली काँग्रेस ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा प्रर्दशन गरेको छ ।
पार्टी कार्यालयबाट निस्किएको ¥याली नगर परिक्रमा पछि बीरेन्द्रचौकमा पुगेर कोणसभामा परिणत थियो । नेपाली काँग्रेसका महासमिति सदस्य केशवप्रसाद दाहाल,प्रदेशसभाका सांसद प्रतापप्रकाश हाङ्गाम,महासमिति सदस्य गजेन्द्र तुम्याहाङ,जिल्ला उपभापति मणिप्रसाद लाबुङ,सचिव छविरमण गुरुङ,तरुण दल,नेपाल महिला संघ र नेपाल बिद्यार्थी संघ सहितका भातृ संस्थाका अगुवाहरुको उपस्थिति रहेको थियो । कोणसभालाइ सम्बोधन गर्दै नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद बिगठन गर्ने निर्णयलाइ अलोकतान्त्रिक भन्नु भएको थियो । सरकार अधिनायकबादतर्फ उन्मुख भएको र आर्थिक अनुशासन पालनमा कमजोर रहेको नेताहरुको भनाइ थियो । ‘यो सरकारको पाराले,दुःख पायो साराले’अधिनायकबाद मान्दैनौं लगायतका नारा लगाउँदै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले संसद बिगठन गर्ने प्रधानमन्त्री ओलीको निर्णय प्रतिगामी भएको बताएका थिए । आइतवार जनता समाजवादी पार्टीले फुङ्लिङमा बिरोध प्रर्दशन गरेको थियो भने मंगलवार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड–माधब पक्षले बिरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts