निर्वाचन आयोगले स्थगित गर्यो मतदाता नामावली संकलन

काठमाडौ,पुस ८ । मध्यावधि निर्वाचनको मिति घोषणा भएलगत्तै निर्वाचन आयोगले मतदाता नामावली संकलनको कार्य स्थगित गरेको छ । अब अहिलेसम्मका नामावलीलाई अध्यावधिक गरेर मतदाताको सूचीमा नाम समावेश गरिने आयोगले जनाएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको छ । त्यसअघि निर्वाचन आयोगले करारमा समेत कर्मचारी भर्ना गरी ७७ वटै जिल्लामा मतदाता नामावली संकलन गरिरहेको थियो ।