|

प्रदेशसभा सदस्य साम्सोहाङलाई कोरोना सङ्क्रमण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ठ
ताप्लेजुङ, पुस ६ ।
ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । रुघाखोकी, ज्वरोजस्ता स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण गराउँदा प्रदेश १ का प्रदेशसभा सदस्य साम्सोहाङलाई सङ्क्रमण पुष्टि भएको हो ।
प्रदेशसभा सदस्य साम्सोहाङले सामाजिक सञ्चालमार्फत गएको तीन दिनअघि स्वास्थ्य परीक्षणका लागि स्वाब दिएकोमा आइतबार साँझ रिपोर्ट रिपोर्ट पोजिटिभ आएको जानकारी गराउनुभएको छ । कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि आफूसँग नजिक सम्पर्कमा रहेकालाई सावधानी अपनाउनसमेत सामाजिक सञ्जालमार्फत नै उहाँले अनुरोध गर्नुभएको छ । अहिले होम आइसोलेसनमा उहाँ बस्नुभएको छ भने स्वास्थ्यस्थिति सामान्य रहेको पनि उहाँले जानकारी दिनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts