|

अघिल्लो बर्ष भएका घटना मध्ये करिव ६३ प्रतिशत बलत्कार र बलत्कार प्रयासका

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, पुस ५ । ताप्लेजुङमा बलत्कारका घटना बढी रहँदा बालबिज्याँइका घटना पनि बढी रहेको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ताप्लेजुङले मानव अधिकार बर्ष पुस्तक सन् २०२१ को पुस्तक प्रकाशन पूर्व आइतवार सदरमुकाम फुङ्लिङमा गरेको बार्षिक समिक्षा कार्यक्रमबाट यस्तो अवस्था पाइएको हो । इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङका अनुसार यो बर्ष तीनवटा अप्रत्यासित घटना बढेका छन् । बालबिज्याँइ अर्थात् बालबालिकाबाट हुने अपराधका घटना,बहुबिबाह र बलत्कार । बलत्कारका घटनाका पीडित पनि बालबालिका नै बढी छन् भने बालबिज्याँइमा पनि । आफन्तैबाट बालबालिका र किशोरी माथि बलत्कार भएको घटना बढी पाइएको इन्सेकले जनाएको छ । गुरुङका अनुसार गत पुस १६ गतेदेखि यो बर्षको पुस ५ गते सम्म इन्सेकको अभिलेखमा जम्मा ३२ वटा घटना सूचीकृत भएका छन् । ति मध्ये १६ वटा बलत्कारका घटना भएका छन् । ३ वटा बलत्कार प्रयासका र ५ वटा बहुबिबाहका घटना भएका छन् । बहुबिबाहको एउटा घटना भने बालबिबाहसंग सम्वन्धित रहेको इन्सेकले जनाएको छ । दुईजनाको कर्तव्य ज्यानको घटना परिवारकै सदस्यबाट भएको पाइएको छ । एकजना १७ बर्षे किशोरी बलत्कार पछि जबरजस्त पेटमा रहेको गर्भ फाल्न बाध्य भएको घटना पनि यो बर्ष भएको छ । एउटा आत्महत्या दुरुत्साहन संग सम्वन्धित समेत रहेको छ । जातिय भेदभावको एउटा घटना भएको छ भने कर्मचारी माथि सामुहिक अभद्र व्यवहारको थप एक घटना भएको इन्सेक प्रतिनिध गुरुङले जानकारी दिनुभयो । कूल घटना मध्ये बलत्कार र बलत्कार प्रयासका मात्र २० वटा घटना भएका छन् । यो कूल घटनाका प्रतिशतका हिसावले करिव ६२.५ प्रतिशत हो । बलत्कार र बलत्कार प्रयासका १५ घटनाकाका पीडित १८ बर्ष मुनिका बालिका छन् । ५ जना महिला २० बर्षका माथिका रहेको इन्सेकले जनाएको छ । सो अवधिमा घरेलु हिंसाका ४० वटा घटना भएका छन् । ति मध्ये ३३ वटा मिलापत्रमा टुङ्गिएको र ७ वटाको बाँकी रहेको इन्सेकले जानकारी दिएको छ । बहुबिबाहमा २ जना बालबिज्याँइ गरेकी बालिका रहेका छन् । ति दुइमध्ये एकजना भने गर्भवती छन् । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनको प्रमुख आथित्यतामा भएको कार्यक्रममा आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौला,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई,प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइ सहितका सुरक्षा अधिकारीहरु,अन्य जनप्रतिनिधिहरु नागरिक अगुवा,सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts