उल्भ्ससँग चेल्सी पराजित, सिटी बराबरीमा

अरुलाई पनि शेयर गरौ !

लन्डन,पुस १ । इंग्लिस प्रिमियर लिगमा उल्भ्सले मंगलबार पछाडि रहेको स्थिति उल्ट्याएर चेल्सीलाई २–१ ले हराएको छ । पेड्रो नेटोले दोस्रो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे । अर्को खेलमा म्यानचेस्टर सिटी वेस्ट ब्रुमबाट १–१ को बराबरीमा रोकियो । यो नतिजाले यसपल्टको लिग उपाधिको होड खुला रहेको फेरि सिद्ध भएको छ । चेल्सीलाई ओलिभर जिरोडले अग्रता दिलाएका थिए । लगत्तै ड्यानिएल पोडेन्सले बराबरी गोल फर्काए । सिटीले इल्कयी गुन्डोगनको गोलले अग्रता लिएयता रुबेन डायसले आत्मघाती गोल गरेपछि वेस्ट ब्रुम हारबाट जोगियो । चेल्सी २२ अंकसहित पाँचौं स्थानमा छ । यस्तै सिटी २० अंकसहित छैटौं स्थानमा छ । उल्भ्स भने २० अंकसहित दसौं स्थानमा उक्लिन सफल भएको छ । वेस्ट ब्रुम ७ अंकसहित पुछारबाट दोस्रो स्थानमा कायम छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts