|

ताप्लेजुङमा थपिए १३ कोरोना संक्रमित,१० जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ३० । ताप्लेजुङमा एकैदिन १३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका सबै मध्य तमोर जलबिद्युत आयोजनामा कार्यरत रहेको पाइएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले जानकारी दिनुभयो । त्यहाँ कार्यरत रहेका ४५ जनाको स्वाब परीक्षणका लागि पठाइएको थियो । पाथीभरा याङ्वरक गाउँपालिकामा रहेका १० जना संक्रमित भने निको भएर डिस्चार्ज भएका छन् । अब ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ । यो भनेको मध्य तमोर जलबिद्युत आयोजनाबाट पठाइएको स्वाब परीक्षण रिर्पोटबाट थपिएका नयाँ १३ कोरोना संक्रमित सहितको संख्या हो । सोमवार फेरी १ सय ३४ जनाको स्वाब लिइ परीक्षणका लागि पठाइको समेत प्रजिअ चापागाँइले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts