ताप्लेजुङ अस्पतालका २ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या २७ पुग्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, मंसिर २८ । ताप्लेजुङमा फेरी दुइजना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् । यो सहित ताप्लेजुङ जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ । जिल्ला अस्पतालमा कार्यरत प्रशासनिक कर्मचारी तथा स्वास्थ्यकर्मी सहित १८ जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशादा पठाइएकोमा २ जना स्वास्थ्यकर्मीको रिर्पोट कोरोना पोजेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले जनाएको छ । समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइका अनुसार यो सहित ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या २७ पुगेको छ । यि मध्ये फुङ्लिङ नगरपालिकामा १७ जना र पाथीभरा याङ्वरक गाउँपालिकामा १० जना संक्रमित स्वास्थ्यलाभ गरिरहेका छन् । स्वास्थ्य कार्यालय ताप्लेजुङ र ताप्लेजुङ जिल्ला अस्पतालको समन्वयमा फुङ्लिङ नगरपालिका शनिवारमात्रै फेरी स्वाब परीक्षणका लागि पठाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts