सोमबार थपिए कोरोना भाइरसका १०१४ जना संक्रमित, १६२८ जना डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

काठमाडौं,मंसिर २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १ हजार १४ जना नयाँ संक्रमित थप भएका छन् । पीसीआर विधिबाट ६ हजार २२० जनाको स्वाब परीक्षण गर्दा उक्त संख्यामा संक्रमित पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ४१ हजार ९९५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६२८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख २७ हजार ४३३ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर २० जना संक्रमितले ज्यान गुमाएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ जना पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा १७ लाख ९० हजार ७३९ जनाको पीसीआर विधिबाट स्वाब परीक्षण गरिएको छ भने अहिले १२ हजार ९४८ जना आइसोलेसन र ५२७ जना क्वारेन्टिनमा छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts