|

घुन्सामा प्रधानमन्त्री ओलीलाइ स्वागत पछि फर्किनु भएका दुईजनप्रतिनिधि सहित ३ जनामा कोरोना संक्रमण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, मंसिर १६ । मंसिर ८ मा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ घुन्सामा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ स्वागत गरेर फर्किएका दुई जनप्रतिनिधि सहित तीनजनामा कोरोना संक्रमण देखिएको छ । जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा) र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश कमिटी सदस्य खेलप्रसाद बुढाक्षेत्री(पराग)लाइ कोरोना संक्रमण देखिएको हो ।

जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन

तीनैजनाले आफुलाइ कोरोना संक्रमण पुष्टी भएको भन्दै आफुहरुसंग नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाइ सावधानी अपनाउन र कम्तिमा १० दिन होम आइसोलेसनमा बसिदिन आग्रह गर्नु भएको छ । तीनैजना घुन्सा आउनु भएका प्रधानमन्त्री ओलीको स्वागतका लागि सदरमुकाम फुङ्लिङबाट घुन्सा पुगि पुन सदरमुकाम फर्किनु भएको हो ।

उपप्रमुख भट्टराई

सदरमुकाम आइपुग्दा समन्वय प्रमुख मादेन र बुढाक्षेत्रीलाइ स्वास्थ्यमा केहि असहज महशुष भएपछि र नगर उपप्रमुख भट्टराईलाइ उनीहरुसंगको निकटताका आधारमा स्वाब संकलन गरी पठाइएको थियो । स्वाब परीक्षणको नतिजामा तीनजनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

मंसिर ८ मा घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन तथा सीमा क्षेत्र अवलोकनका लागि प्रधानमन्त्री ओली,संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ,पयउ६नमन्त्री योगेशकुमार भट्टराइ,१ नं प्रदेशका मुख्यमन्त्री शेरधन राइ,प्रधानमन्त्रीका प्रेश सल्लाहकार सूर्य थापा,सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल,प्रधानमन्त्रीका सूचना प्रविधि बिज्ञ अस्कर अली लगायत घुन्सा आउनु भएको थियो ।

नेकपाका प्रदेश कमिटी सदस्य खेलप्रसाद बुढाक्षेत्री

अरुलाई पनि शेयर गरौ !

Similar Posts