३ सञ्चारकर्मी सहित ताप्लेजुङमा थपिए १० नयाँ कोरोना संक्रमित

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,मंसिर ८ । ताप्लेजुङमा १० नयाँ कोरोना संक्रमित थपिएका छन् । ११ संक्रमित सहित ४४ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १० नयाँ र यसअघि संक्रमित १ जना गरी ११ जनाको रिर्पोट पोजेटिभ आएको छ । यसअघि संक्रमित १२ मध्ये ११ जनाको स्वाब परीक्षणका लागि पठाइएकोमा १ जनाको रिर्पोट पोजेटिभ आएको हो । १० जनाको भने नेगेटिभ आएको छ । ताप्लेजुङ अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाका अनुसार यसअघि संक्रमित १ जनाको स्वाब परीक्षणमा पठाइएको थिएन । यसो गर्दा ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १२ पुगेको छ । १० जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमित सबै पुरुष रहेको ताप्लेजुङ अस्पतालले जनाएको छ । संक्रमित मध्ये ३ जना सञ्चारकर्मी समेत रहेका छन् । उनीहरु सबै रेडियो तमोरमा कार्यरत रहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts