|

८१४४ नमुना परीक्षण गर्दा १६७४ जनामा संक्रमण पुष्टि

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,मंसिर ६ । पछिल्लो २४ घण्टामा थप १६७४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २४ हजार ९ संक्रिय संक्रमित छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts