राष्ट्रपतिका उम्मेदवार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन, सातको मृत्यु

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),मंसिर ५ । युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको छ । बिहीबार भएको सो हिंसात्मक प्रदर्शनमा परेर सात जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार सोमबारसाँझबाट यहाँ शुरु भएको यस प्रदर्शनको क्रममा सात जनाको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका प्रहरी प्रवक्ता फ्रेड एनानगाले मंगलबार एएफपी समाचार समितिलाई बताए । प्रदर्शनको क्रममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरु उल्लंघन गरेको आरोपमा प्रहरीले ती प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तर पनि सोमबारदेखि नै उनका समर्थकहरुले प्रहरीलाई नै आक्रमण गरिरहेका बताएको थियो। यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार प्रहरी हिरासतमा पनि लिएको छ । त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ । युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन पनि एक उम्मेदवार हुन्। उनी यहाँको विपक्षी राजनीतिक दलको नेता पनि हुन् । युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् । उनी हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्धन्द्धी हुन्।विरोध प्रदर्शन गएको सोमबारदेखि नै भएको थियो तर आज बढी हिंसात्मक भएको यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस प्रदर्शनका क्रममा बिहीबार बोबी वाइनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर, यहाँका कतिपय भौतिक संरचनामा आगजनी गरेर र सडक अवरुद्ध गरेर विरोध गरिरहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts