ट्रम्पले सहकार्य नगरे अझ धेरै मानिसको मृत्यु हुन सक्छ ः बाइडेन

काठमाडौ,मंसिर ३ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्तिने चेतावनी दिएका छन् । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप वितरणका बारेमा ब्रिफिङ नगरेको बाइडेनले बताएका छन् । वर्तमान राष्ट्रपति ट्रम्पले लगातार चुनावमा धाँधली भएको र आफूले चुनाव जितेको झुटो दाबी गरिरहेका बेला बाइडेनको यस्तो प्रतिक्रिया आएको हो । ‘हामीले सहकार्य गरेनौं भने धेरै मानिस मर्नेछन्,’ डेलावेरको विल्मिंगटनमा पत्रकारहरुसँगको कुराकानीमा बाइडेनले भने । बाइडेन र उनका सहयोगीहरुले ट्रम्प प्रशासनले कोरोना महामारी रोकथाम र नियन्त्रण तथा निकट भविष्यमा हुन सक्ने खोप वितरणको ढाँचाबारे ब्रिफिङ र सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् । ट्रम्प प्रशासनले भने खोप वितरणबारे छुट्टै योजना बनाइरहेको बताइरहेको छ । बाइडेनले जति छिटो सहकार्य गरेर अघि बढ्न सकियो त्यति छिटो कोरोना महामारीबाट छुटकारा पाउन सकिने सम्भावना रहेको बताएका छन् । नोभेम्बर ३ मा भएको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोटको आवश्यकता हुन्छ । राष्ट्रपति ट्रम्पले भने २३२ इलेक्टोरल भोट प्राप्त गरेका छन् । रिपब्लिकन पार्टीले जोर्जिया राज्यमा धाँधली भएको आरोप लगाउँदै कानुनी चुनौती दिएपछि त्यहाँ भने हातैले पुनः मतगणना भइरहेको छ । तर सीएनएन, बीबीसी, एपीलगायतका सञ्चारमाध्यमले भने जोर्जियामा बाइडेन विजयी भएको प्रक्षेपण गरिसकेका छन् । राष्ट्रपति ट्रम्पले भने पटक–पटक ‘मैले चुनाव जितेँ’ भन्दै झुटो दाबी गर्दै ट्वीट गरिरहेका छन् । ट्रम्पले कुनै पनि हालतमा हार नस्वीकार्ने बताउँदै आएका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी संक्रमित भइरसकेका छन् । अमेरिकामा कोरोनाबाट २ लाख ४७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ४२ लाख निको भएका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्तिने चेतावनी दिएका छन् । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप वितरणका बारेमा ब्रिफिङ नगरेको बाइडेनले बताएका छन् । वर्तमान राष्ट्रपति ट्रम्पले लगातार चुनावमा धाँधली भएको र आफूले चुनाव जितेको झुटो दाबी गरिरहेका बेला बाइडेनको यस्तो प्रतिक्रिया आएको हो । ‘हामीले सहकार्य गरेनौं भने धेरै मानिस मर्नेछन्,’ डेलावेरको विल्मिंगटनमा पत्रकारहरुसँगको कुराकानीमा बाइडेनले भने । बाइडेन र उनका सहयोगीहरुले ट्रम्प प्रशासनले कोरोना महामारी रोकथाम र नियन्त्रण तथा निकट भविष्यमा हुन सक्ने खोप वितरणको ढाँचाबारे ब्रिफिङ र सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् । ट्रम्प प्रशासनले भने खोप वितरणबारे छुट्टै योजना बनाइरहेको बताइरहेको छ । बाइडेनले जति छिटो सहकार्य गरेर अघि बढ्न सकियो त्यति छिटो कोरोना महामारीबाट छुटकारा पाउन सकिने सम्भावना रहेको बताएका छन् । नोभेम्बर ३ मा भएको निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले ३०६ इलेक्टोरल भोट प्राप्त गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोरल भोटको आवश्यकता हुन्छ । राष्ट्रपति ट्रम्पले भने २३२ इलेक्टोरल भोट प्राप्त गरेका छन् । रिपब्लिकन पार्टीले जोर्जिया राज्यमा धाँधली भएको आरोप लगाउँदै कानुनी चुनौती दिएपछि त्यहाँ भने हातैले पुनः मतगणना भइरहेको छ । तर सीएनएन, बीबीसी, एपीलगायतका सञ्चारमाध्यमले भने जोर्जियामा बाइडेन विजयी भएको प्रक्षेपण गरिसकेका छन् । राष्ट्रपति ट्रम्पले भने पटक–पटक ‘मैले चुनाव जितेँ’ भन्दै झुटो दाबी गर्दै ट्वीट गरिरहेका छन् । ट्रम्पले कुनै पनि हालतमा हार नस्वीकार्ने बताउँदै आएका छन् । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म एक करोड ११ लाखभन्दा बढी संक्रमित भइरसकेका छन् । अमेरिकामा कोरोनाबाट २ लाख ४७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ४२ लाख निको भएका छन् ।