थप २१११ जनामा कोरोना संक्रमण

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक २८ । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts