|

समुदायमा कोरोना फैलन नदिन ताप्लेजुङ प्रशासनको अनुरोध ः १५ दिन सुरक्षित रहौं,देउसी भैलो बन्द

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २६ । देउसी भैलो यसअघि नै बन्द गरेको ताप्लेजुङ प्रशासनले कोरोना भाइरस समुदायमा फैलन सक्ने सम्भावित जोखिमलाइ मध्यनजर गर्दै कम्तिमा १५ दिन सुरक्षित ढंगले बसिदिन जिल्लाका नागरिकलाइ आग्रह गरेको छ ।
पछिल्लो समय सदरमुकाम फुङ्लिङस्थित प्रभु बैंकका ३ तथा माछापुछ्रे बैंक र ह्युमन प्राटिक्स फउण्डेसनका १–१ गरी ५ जनामा कोरोना संक्रमण देखिएपछि जिल्ला सुरक्षा समितिको बुधबारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइले मानिसहरु जमघट भइ खेलिने देउसी भैलो,नाचगान जसता मनोरञ्जनका कुनै पनि कार्य यसबर्ष नगर्न÷नगराउन जिल्लाका सबै नागरिकलाइ आग्रह गर्नु भएको छ । कोरोना संक्रमित बनेकाहरुसंग नजिकको सम्पर्कमा रहेका,अन्य जिल्लाको भ्रमण गरी फर्किएका र तत्कालै घरगाउँभन्दा बाहिर गइ आएकाहरुलाइ कम्तिमा १५ दिन होम क्वारेन्टिनमा बस्न प्रजिअ चापागाँइले आग्रह गर्नु भएको छ । यस बाहेक अन्यका हकमा पनि कम्तिमा १५ दिन सर्तक र सावधानीपूर्वक रहन जिल्ला सुरक्षा समितिले सबैलाइ आग्रह गरेको छ । अन्यत्र जिल्लाको भ्रमण गरेर वा संक्रमितको नजिकको सम्पर्कमा नरहेकाहरुलाइ पनि कोरोना संक्रमण देखा पर्न थालेको भन्दै जिल्ला सुरक्षा समितिले समुदायका सदस्यले अझै सावधानी नपआउने हो भने कोरोना भाइरसको फैलावट समुदायस्तरमा पुग्ने अनुमान लगाएको छ । सुरक्षा समितिले संक्रमण रोग लागेर पछुताउनु भन्दा समयमै सावधानी भइ होस् पु¥याउनु सबैभन्दा बुद्धिमानी हुने औंल्याएको छ । सुरक्षा समितिले दीपावलीको समयमा बत्तिको प्रयोग र अन्य माध्यमबाट आगलागि जस्ता बिपद्का घटना हुन सक्नेतर्फ सचेत सचेत गराउँदै सावधानी र होशियारी अपनाइ चाडपर्व मनाउन समेत आग्रह गरेको छ । प्रजिअ चापागाँइले नेपाल सरकारबाट जारी भएका सबै सुरक्षाका उपाय तथा मापदण्डको पालना गर्नमा हेलचेक्र्याँइ गरेमा कोरोना संक्रमण समुदाय स्तरमा फैलने बलियो सम्भावना रहेकोले होसियारी अपनाउन आग्रह गर्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts