|

फाल्गुनन्द जयन्तीमा ताप्लेजुङ फक्ताङ्लुङ गाउँपालिकाले मंगलवारलाइ दियो सार्वजनिक बिदा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २४ । किराँत धर्म गुरु फाल्गुनन्द लिङ्देनको १३६ औं जन्मजयन्तीको अवसरमा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले मंगलवार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका सूचना अधिकारी जय रिजालले सोमवार सूचना जारी गर्दै गाउँ कार्यपालिकाका कार्यालय,मातहतका सबै शाखा,वडा कार्यालय,सबै स्वास्थ्य संस्था,संघसंस्था र बिद्यालयहरु बन्द रहने जनाउनु भएको छ । १ नं प्रदेश सरकारले जारी गरेको प्रदेश राजपत्र भाग ३ को २(१)(ग)बमोजिम प्रदेशभरी सार्वजनिक बिदा उल्लेख गरे बमोजिम गाउँपालिकाले पनि पालिका भरी सार्वजनिक बिदा दिएको हो ।

नेपालका १६औं राष्ट्रिय बिभूति फाल्गुनन्द लिङ्देनलाइ किराँती धर्मावलम्वीहरुले महान समाज सुधारकको रुपमा लिने गर्छन् । उहाँले प्रतिवादित गरेको सत्य धर्म मुचुल्का अहिले पनि प्रशंसा योग्य छ । सत् आहार, सत् विहार र सत् कर्म गर्नु भनि आर्दश बचन दिने फाल्गुनन्दको सत्य,शान्ति र अहिंसावादी दर्शनलाई किराँतीहरुले आस्थाको केन्द्र मान्छन् । उहाँले समाज सुधारका लागि वि.स. १९८८ साल बैशाख २४ गते पाँचथरको लब्रेकुटीमा आमभेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नु भएको थियो । देहावसान भएको ६१ वर्षपछि विक्रम सम्वत् २०६६ मंसिर १६ गते नेपाल सरकारले उहाँलाइ १६औं राष्ट्रिय बिभूति घोषणा गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts