डर्टमुन्डलाई हराएर बायर्न शीर्ष स्थानमा

अरुलाई पनि शेयर गरौ !

डर्टमुन्ड,कात्तिक २३ । बायर्न म्युनिकले आफ्नो प्रमुख प्रतिद्वन्द्वी बोरुसिया डर्टमुन्डमाथिको प्रभुत्व कायम राख्दै बुन्डेसलिगामा शनिबार ३–२ को जित निकालेको छ । जितपछि बायर्न लिग तालिकाको शीर्ष स्थानमा रह्यो । बायर्नको सात खेलबाट १८ अंक भएको छ । टिमको यो जितमा रोबर्ट लेवनडोस्कीले सिजनको आफ्नो ११ औं गोल गरे । बायर्नको प्रशिक्षकमा हान्सी फ्लिक आएयता टिमले डर्टमुन्डमाथिको सबै चार खेल जितेको छ । गत सिजन पनि बार्यनले डर्टमुन्डमाथि ‘लिग डबल’ गरेको थियो । हारपछि पनि डर्टमुन्ड १५ अंकमा तेस्रो स्थानमा छ र यो दोस्रो स्थानमा रहेको आरबी लाइपजिगसँग एक अंकको दूरी हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts