अग्नि पीडित तत्कालिन सभाषद् मादेनलाइ मादेन फेन्दुवाको सहयोग

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १४ । दशैंको टीकाकै दिन आगलागिले घर गुमाएका तत्कालिन संबिधान सभाका सदस्य सञ्चपाल मादेनको परिवारलाइ मादेन फेन्दुवा जनकल्याण केन्द्रको अगुवाइमा संकलित ६९ हजार रुपैंया राहत सहयोग प्रदान गरिएको छ । जनकल्याण केन्द्रको कोषबाट १५ हजार,अध्यक्ष खेमाहाङ मादेनबाट १० हजार,राम मादेन कीर्तिमान,अमिर,छत्रबहादुर,फाल्गुनन्द,नरेन्द्र,चन्द्र(क) र चन्द्र(ख)मादेनबाट जनही ५–५ तथा केवल मादेन र कृष्ण चोङ्वाङबाट २–२ हजार रुपैंया संकलन गरी ६९ हजार रुपैंया राहत रकम प्रदान गरिएको हो । मादेन फेन्दुवा जनकल्याण केन्द्रका कोषाध्यक्ष छत्र मादेनले रकम अग्नि पीडित तत्कादिन संबिधानसभा सदस्य मादेनलाइ प्रदान गर्नु भएको छ । दशैंको टीकाको दिन आफ्नो घरबाट नजिकै रहेको आमाको घरमा टीका ग्रहण गर्न गएका बेला अचानक मादेनको घरमा आगलागि भएको थियो । बिद्युत सर्ट भएर आगलागि भएको ठानिएको छ । आगलागिबाट मादेनको तीनतले घर,नगद तथा लत्ताकपडा र भाडा वर्तन नष्ट हुँदा ३९ लाख ६५ हजार रुपैंया बराबरको क्षति भएको बिवरण संकलन गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts