| |

ताप्लेजुङमा एकैदिन थपिए ७ कोरोना संक्रमित,१ जना भने डिस्चार्ज

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक ५ । ताप्लेजुङमा बुधवार एकैदिन ७ जना कोरोना संक्रमित थपिएका छन् । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या ८ पुगेको छ । १ जना कोरोना संक्रमित भने निको भएका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको आग्रहमा ताप्लेजुङ अस्पतालले गत कात्तिक १ गते ५० जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाएको थियो । ५० जनाको स्बाव परीक्षणका लागि पठाउँदा ७ जनाको रिर्पोट पोजेटिभ आएको छ । यसअघि संक्रमित २० बर्षे एक युवाको परीक्षण रिर्पोट भने नेगेटिभ आएको छ । उनको दोस्रो पटकको पीसीआर परीक्षण रिर्पोट पनि पोजेटिभ नै आएको थियो । तेस्रो पटकको रिर्पोट नेगेटिभ आएको हो । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइलाइ कोरोना संक्रमण पुष्टी भएपछि प्रशासन कार्यालय सिल गरी प्रशासन कार्यालयमा कार्यरत कर्मचारी,क्वारेन्टिनमा रहेका,उच्च ज्वरो सहितको समस्याका कारण अस्पतालको फिबर क्लिनिकमा भर्ना भएका सहित ५० जनाको पीसीआर परीक्षणका लागि पठाईएको थियो । जिल्ला प्रशासन कार्यालयमा कार्यरत १ कर्मचारीमा मात्र कोरोना पोजेटिभ देखिएको छ । संक्रमित हुनेमा ३ जना नेपाल प्रहरी र ३ जना सशस्त्र प्रहरीमा कार्यरत रहेपनि ति निकायले भने अहिले सम्म पुष्टी गरेका छैनन् । प्रजिअ चापागाँइको स्वाब भने केहिदिन पछि संकलन गरी परीक्षणका लागि पठाउने तयारी गरिएको छ । ५० मध्ये ७ जनाको रिर्पोट पोजेटिभ आउँदा अरु २ जनालाइ पनि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले निगारानीमा बस्न भनेको छ । यो सहित यहाँ सक्रिय कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts