| |

पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनका लागि लाग्यो प्रतिवन्ध

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,कात्तिक २ । ताप्लेजुङमा अवस्थित नेपालकै पवित्र शक्तिपीठ पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा समेत प्रतिवन्ध लगाइएको छ ।मन्दिरको दर्शनका लागि आउने–जानेहरुबाट कोरोना संक्रमणको सम्भावना बढ्ने भयका कारण स्थानीय प्रशासनले पाथीभरा मन्दिरको दर्शन तथा अवलोकनमा तत्कालका लागि प्रतिवन्ध लगाउने निर्णय गरेको हो । नवरात्र सुरु भएसंगै पाथीभरामा तीर्थालुको चाँप अधिक हुने गर्छ । गृह मन्त्रालयले यसअघि नै देशभरका शक्तिपीठतथा मन्दिरका साथै स्थखपना गरिने दुर्गा भगवतीको पण्डालमा सर्वसाधारणको अत्यधिक भीड हुने भएकोले कोरोना संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै शक्तिपीठ तथा मन्दिरमा नित्य पूजा बाहेक दर्शन,अवलोकन र भ्रमण रोक्न परिपत्र गरिसकेको छ । गृहले प्रहरी प्रधान कार्यालय र देशभरका जिल्ला प्रशासन कार्यालयमा पठाएको पत्र अनुसार प्रहरी प्रधान कार्यालयले कार्यान्वयनका लागि मातहतका प्रहरी कार्यालयहरुमा समेत पठाइ सकेको छ । यो अवस्थाम समेत छिटफुट रुपमा पाथीभरा दर्शनका लागि तीर्थालुहरु आउँदै गरेका थिए । गृह मन्त्रालयले यसअघि नै शक्तिपीठको दर्शन तथा अवलोकन गर्न नपाइने गरी गरेको परिपत्र र संक्रमणको जोखिम भयाभह हुने अनुमानका आधारमा पाथीभरा दर्शन तथा अवलोकनका लागि प्रतिवन्धको निर्णय भएको जिल्ला प्रहरी प्रमुख डिएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । पाथीभरामा आन्तरिक भक्तजन बाहेक सबैभन्दा बढी भारतको सिक्कीम,दार्जिलिङ,दार्जिलिङ,आसाम,गान्तोक, र बंगालका नागरिक समेत दर्शनका लागि आउने गरेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts