|

ताप्लेजुङमा कोरोना संक्रमितको संख्या २ पुग्यो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २९ । ताप्लेजुङमा कोरोना संक्रमितको संख्या २ पुगेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँइको पहिलो पटकको रिपोट र यसअघि नै संक्रमित फक्ताङ्लुङ गाउँपालिकाका २० बर्षे युवाको दोस्रो पटकको पीसीआर रिपोट पोजेटिभ आएको हो । संक्रमित आफ्ना ८१ बर्षे हजुरबुबाको रेखदेखमा ताप्लेजुङ अस्पतालको आइसोलेसनमा रहनु भएका उहाँकै नातिको पहिलो पटकको पीसीआर रिपोट पोजेटिभ आएको करिव १० पछि दोस्रो पटक स्वाब संकलन गरी परीक्षणका लागि पठाईएको थियो । दोस्रो पटकको पीसीआर रिपोट पनि पोजेटिभ नै आएको छ । उहाँका ८१ बर्षे हजुरबुबा भने १२ औं दिनमा कोरोनालाइ जित्दै घर फर्किसक्नु भएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले संक्रमित युवासंगै मध्य तमोर जलबिद्युत आयोजनामा काम गर्ने २९ चीनिया कामदार, फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका,उच्च ज्वरो सहित समस्याका कारण अस्पतालको फिवर क्लिनिकमा भर्ना भएका र कोरोना नियन्त्रण तथा व्यवस्थापनको कार्यमा अग्रभागमा रहेर काम गर्ने १४ सहित ४३ जनाको पीसीआर परीक्षणका लागि पठाएको थियो । ति मध्ये संक्रमित युवा र प्रजिअ चापागाँइको पीसीआर रिपोट पोजेटिभ आएको हो । यो संगै ताप्लेजुङमा अहिले संक्रमितको संख्या २ पुुगेको छ ।
प्रशासन कार्यालय सिल,दशैं अघि कार्यालय नलाग्ने

प्रमुख जिल्ला अधिकारी चापागाँइलाइ कोरोना संक्रमण पुष्टी भएपछि बिहीबार जिल्ला प्रशासन कार्यालयले सूचना प्रकाशित गरी सेवाग्राहीसंग प्रत्यक्ष रुपमा रही प्रवाह गरिने सेवा कात्तिक ७ गते सम्मका लागि बन्द गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काद्धारा जारी सूचना अनुसार ७ गते सम्म कोरोना संक्रमणका कारण सेवा प्रवाह बन्द हुने र त्यसपछि दशैं बिदा सुरु हुने भएकोले कात्तिक १३ गते देखि मात्र प्रशासनको सेवा साविक अनुसार नै सञ्चालन हुने छ । प्रशासनले प्रमुख जिल्ला अधिकारीसंग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्पर्कमा रहेका सबैलाइ सावधानी अपनाउन र कोभिड–१९ संग सम्वधित लक्षण देखिएमा तत्काल नजिककको स्वास्थ्य संस्थामा सम्पर्क राख्न आग्रह गरेको छ । प्रशासनले कोभिड–१९ संक्रमण नियन्त्रण सम्वन्धी पूर्ण पालना गर्दै नजिकिदै गरेको बडादशैं,तिहार र छैट पर्व मनाउन समेत जिल्लाबासीहरुमा अनुरोध गरेको छ । सेवा प्रवाह बन्द सहितका आम समस्याका कारण सेवाग्राहीमा पर्न गएको असुबिधा प्रति प्रशासनले क्षमायाचना समेत समेत गरेको छ ।
केहि समस्या छैन,आत्तिनु पर्दैन


कोरोना संक्रमण पुष्टी भएका प्रमुख जिल्ला अधिकारी चापागाँइले आफुमा कुनै समस्या नरहेकोले आत्तिन नपर्ने बताउनु भएको छ ।‘स्बाव संकलनको अघिल्लो दिन हल्का ज्वरो आएको थियो,त्यो ठीक भइसक्यो’मलाइ कुनै समस्या छैन,न रुखाखोकी न ज्वरो’उहाँले टेलिफोन सम्पर्कमा भन्नुभयो । बिना समस्या आफुले कोरोनालाइ जितेर फर्कने आत्मबिश्वास रहेको उहाँले सुनाउनुभयो । समस्यालाइ हल्का रुपमा नलिने तर कोरोनाकै कारण डर नमान्ने उहाँको भनाइ छ । भन्नुभयो े‘यो खास ठूलो समस्या पनि होइन,तर हेलचेक्रयाँई र असावधानी गर्ने बेला पनि होइन’ । उहाँले कोरोनाका कारण कसैले डराउनु नपर्ने तर आफ्नो स्वास्थ्य र सफाइकमा ख्याल गर्नुपर्ने बुझाइ राख्नु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts