नवनियुक्त ३ मन्त्रीले गरे शपथ ग्रहण

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २९ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गर्नु भएको थियो । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बिहीबार नै उनीहरुलाई मन्त्री नियुक्त गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts