कर्णालीमा मन्त्री र सचेतक नयाँ, कुरो मिल्दै

अरुलाई पनि शेयर गरौ !

सुर्खेत,असोज २७ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव सचेतक र नयाँ मन्त्रीको नाममा टुँगो लागेसँगै तुहिने भएको छ । मंगलबार मुख्यमन्त्री शाही पक्ष र नेकपा माधवकुमार नेपाल समूहबीच वार्ता भएको थियो । यसमा तीन मन्त्री र संसदीय दलको सचेतक पद नेपाल समूहले बुझाएको थियो । मुख्यमन्त्री शाहीविरुद्ध नेकपाको संसदीय दलका नेताबाट हटाउन यमलाल कँडेलसहितका १८ सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । केन्द्रको पर्याप्त निर्देश विनै भएको उक्त कदम विवादमा परेको हो । मंगलबार भएको छलफल लगत्तै मुख्यमन्त्री शाहीले सचेतक पदमा कुर्मराज शाहीलाई नियुक्त गरिसक्नुभएको छ । दुई पक्षबीच सहमति जुटेपछि अविश्वासको प्रस्तावमाथि मंगलबार राखिएको छलफलमा नेता नेपाल समूहका सांसदहरु अनुपस्थित रहेका थिए । स्रोतका अनुसार नेपाल समूहले मन्त्रीका लागि चन्द्र शाही, करवीर शाही र अम्मरबहादुर थापाको नाम बुझाएको छ । बरिष्ठ नेता नेपालले कर्णालीको विवाद मिलाउन आफ्ना तर्फबाट निरज शाहीलाई सुर्खेत पठाउनुभएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts