आईपीएल ः पन्जाबमाथि कोलकाताको नाटकीय जित

अरुलाई पनि शेयर गरौ !

अबुधाबी,असोज २५ । लगभग हारको संघारमा रहेको कोलकाता नाइटराइडर्सले इन्डियन प्रिमियर लिगमा शनिबार किंग्स इलाभेन पन्जाबमाथि नाटकीय जित निकालेको छ । कोलकाताले किंग्स इलाभेन पन्जाबलाई २ रनले हराएको हो । खेल टाइ गराउन पन्जाबलाई अन्तिम बलमा ६ रन चाहिएको थियो । तर त्यसमा ग्लेन म्याक्सवेलले चार रन मात्र बटुल्न सके । हारले पन्जाब एकै जितमा सीमित रह्यो र अन्तिम स्थानमा रह्यो । जितका लागि १ सय ६५ रन पछ्याइरहेको पन्जाबले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ६२ रन बनायो । व्यक्तिगत लयमा रहेका कप्तान केएल राहुलले सर्वाधिक ७४ रन बनाए । उनले ५८ बलको सामना गरेर ६ चौका प्रहार गरे । उनले ५६ रन बनाएका मयंक अग्रवालसँग पहिलो विकेटका लागि १ सय १५ रनको साझेदारी गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले कप्तान दिनेश कार्तिकको ५८ रनको योगदानमा ६ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दिनेशले २९ बल मात्र सामना गरे र ८ चौका तथा दुई छक्का प्रहार गरे । यस्तै ओपनिक ब्याट्सम्यान शुभमन गिलले पनि ५७ रनको इनिङ्स खेले । शुभमन र दिनेशले चौथो विकेटका लागि ८२ रनको साझेदारी गरे । इंग्लिस ब्याट्सम्यान इओन मोर्गनले २४ रन जोडे ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts