|

ताप्लेजुङको दुर्गम सीमावर्ती गाउँ ओलाङ्चुङगोलामा बस्यो बिओपी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २१ । पूर्वोत्तर नेपालको उत्तरी सीमा क्षेत्र फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ मौवाटारमा स्थापना हुने आउट बोर्डर पोष्ट(बिओपी)को बुधवार ओलाङ्चुङगोलामा उद्घाटन गरिएको छ । ओलाङ्चुङगोलालाइ अस्थायी मुकाम बनाएर बिओपी उद्घाटन गरिएको हो । मौवाटारमा रहने बिओपी केन्द्र अब त्यहाँ भवन सहितको संरचना बनेपछि मात्र गोलाबाट स्थानान्तरण हुने छ । मौवाटारमा अहिले भवनसहितको संरचना नभएकोले भवन नबनुञ्जेल सम्मका लागि ओलाङ्चुङगोलामै बिओपी टोली रहने र मौवाटारमा भवन बनेपछि गोलाबाट त्यहाँ स्थानान्तरण हुने सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो । संस्कृति,पर्यटन तथा नागरिक उड्ययमन्त्री योगेशकुमार भट्टराईले बिओपी केन्द्रको बुधवार उद्घाटन गर्नु भएको छ ।

बिओपी स्थापनाले अन्तरदेशिय सीमा सुरक्षा व्यवस्थापन,शान्ति सुरक्षा र अवाञ्चित गतिविधि नियन्त्रणमा टेवा पुग्ने उहाँले बिश्वास लिनु भएको छ । ओलाङ्चुङगोलाको बिओपी उद्घाटन कार्यक्रम सकेर मन्त्री भट्टराइ सहितको टोली संखुवासभाको तुम्लिङटारतर्फ प्रस्थान गरेको छ । टोली त्यहाँबाट किमाथाङ्का पुग्ने छ । त्यहाँ बिओपी भवनको शिलान्यास कार्यक्रम रहेको सशस्त्र प्रहरी बल १ नं बाहिनी प्रमुख,सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआइजी)बंशीराज दाहालले जानकारी दिनुभयो । त्यहाँ बिओपी टोली यसपहिले नै बसिसकेको छ । यो आर्थिक बर्षका लागि प्रदेश नं १ मा बिओपी रहने गरी स्वीकृत २४ स्थानमै बिओपी राखिसक्ने योजना सशस्त्र प्रहरीले बनाएर कार्य अघि बढाएको डिआइजी दाहालले जानकारी दिनुभयो । बिओपी उद्घाटन कार्यक्रममा गृह सचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक खनाल समेतले सम्बोधन गर्नु भएको थियो ।

बिओपी उद्घाटन भएपछि स्थानीय बासिन्दामा भव्य उल्लास छाएको र बिओपीका लागि गाउँपालिका र समुदायकमा सदस्यहरुबाट समेत उल्लेख्य सहयोग पाइएको गोलामा रहनु भएका सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति डिएसपी रवीन्द्र श्रेष्ठले जानकारी दिनुभयो । तत्काललाइ २० जना जनशक्ति रहेको बिओपीको नेतृत्व शसस्त्र प्रहरी निरीक्षक युवराज खड्काले गर्नु हुने छ । मौवाटारमा संरचना बनेपछि भने ५० जना सम्म जनशक्ति रहने जानकारी सशस्त्र प्रहरीले दिएको छ ।

मन्त्री भट्टराइका साथ गृहसचिव महेश्वर न्यौपाने,नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री,सशस्त्र प्रहरी महानिरीक्षक खनाल,राष्ट्रिय अनुसन्धानका प्रमुख गणेशप्रसाद अधिकारी,सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल,सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरीका १ नं बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहाल लगायतका अधिकारी रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts