|

२४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज १९ । पछिल्लो २४ घण्टामा थप २४४० जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका छन् । यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts