आज यी क्षेत्रमा हल्का वर्षाको सम्भावना, कस्तो रहला आगामी तीन दिनको मौसम ?

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज १८ । आज मुलुकका केही स्थानमा हल्का वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
आगामी तीनदिनकोमौसम पूर्वानुमान
असोज १८गते (आइतबार)
दिउँसोःप्रदेश १, प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशमासामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहीप्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइस्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीःप्रदेश १, प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहीप्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज १९गते (सोमबार)
दिउँसोःप्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीःप्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
असोज २०गते (मंगलबार)
दिउँसोःप्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमाआंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहीप्रदेश १ का थोरै स्थानहरु तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुइ स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
रातीःप्रदेश १ मा सामान्य बदली र अन्य प्रदेशमा आंशिक बदली रही प्रदेश १ का एक दुइ स्थानमाहल्का वर्षाको सम्भावना रहेको छ । (नागरिक अनलाइनबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts